काठमाडौं । साताकाे पहिलाे दिन नेपाली सुन र चाँदी बजारमा आइतबार मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तोजावी सुनको भाउ पनि ९४ हजार रुपैयाँ पुगेको छ। नेपाल समय त्यस्तै चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।


















