सवारी दुर्घटनामा तीन जनाको मृत्यु

25

काठमाडौं । कैलाली, भजनी नगरपालिका-६ बिस्नापुरस्थित सडकमा ना.८ ख.१३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका नवलपुर बस्ने २१ वर्षीय अविसेक चौधरीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नेपालगंज अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरकाे  मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकमा बा.५ ख ७९४३ नम्बरको बसले बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै धनुषा, मिथिला नगरपालिका-९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्याक्टरमा बिआर०३जे २६६७ नम्बरको कार ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा कारमा सवार सर्लाही कबिलासी नगरपालिका-१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश रायको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here