नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन

67

काठमाडौं । नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै बैंकको दुहबी शाखा यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरे ।

नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुखसुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here