सिड्नीमा ‘वन् कन्ट्री मेनि स्टोरिज’ मा द रिदम व्याण्डको सांगीतिक प्रस्तुति

87

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेस्टिभलमा नेपाली सांगीतिक समुह आवाज नेपालसँगै दीपक बज्रचार्य एण्ड द रिदम व्याण्डको सांगीतिक प्रस्तुति रहने भएको छ ।

अष्ट्रेलियामा नेपाली संस्कृति र भेषभूषालाई चिनाउने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा हुन लागिरहेको ‘नेपाल फेस्टिबल २०२२’ मा नेपाली संगीतका प्रख्यात गायक प्रकाश सपुत र हाँस्य कलाकार सन्दीप क्षेत्री लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग र क्विन्सल्याण्ड कलेजको मुख्य प्रायोजनमा ‘वन् कन्ट्री मेनि स्टोरिज’ नाराका साथ हुन गइरहेको फेस्टिबल शुक्रबार सिड्नीको वरवुड पार्कमा हुने भएको हो ।

फेस्टिभलबाट नेपाली संस्कृति, भाषा, भेषभूषा र समग्र नेपाली मौलिकपनको प्रबद्र्धन हुनुका साथै अष्ट्रेलिया तथा अन्य मुलुकका बासिन्दाहरुले नेपालको बारेमा थाहा पाउने आयोजकद्वारा अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here