मोरक्को सेमिफाइनलमा प्रवेश

31

कतारमा जारी विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलविरुद्ध कतारमा भएको खेलमा १–० ले जित निकाल्दै मोरक्को सेमिफाइनलमा पुगेको हो । योसँगै मोरक्कोले इतिहास बनाएको छ । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी देश भएको छ ।

यसअघि क्यामरुन १९९० मा, सेनेगल २००२ मा र घाना २०१० मा क्वाटरफाइनलबाट बाहिरिएका थिए । आजको खेलमा मोरक्कोका लागि ४२ औं मिनेटमा युसेफ एन नेसिरीले गरेका थिए । यो गोल गरेसँगै उनले मोरक्कोका लागि रेकर्ड पनि कायम गरेका छन् ।

हेडिङबाट उनले गरेको यो गोल विश्वकप फुटबलमा मोरक्कोका कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here