प्रतिनिधि सभालाई मर्यादित बनाउन प्रयत्न गर्ने : सभामुख घिमिरे

35

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।

शुक्रबार सभामुखको पद तथा गोपनीयताका शपथ ग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्नुहुँदै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको हो ।

उहाँले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने बताउनुभयो । उहाँले संसद्लाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो ।

‘‘नेपाली जनताको प्रतिनिधि संस्था सङ्घीय संसद् भनेको सर्वोच्च विधायिका संस्था हो । यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि ग¥यौँ । त्यसलाई नेपालीपनको हिसाबबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशील, अझै बढी मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुनेछ ।,’’ सभामुख घिमिरेले भन्नुभयो,  ‘‘त्यसको नेतृत्व गर्ने मैले जिम्मेवारी पाएको छु, र यसलाई प्रभावकारी ढङ्गबाट सङ्घीय संसद्लाई अगाडि बढाउने कुराहरु गर्नुपर्छ । यही कुरामा सञ्चारकर्मीलगायत सबैको सहयोगको अपेक्षासहित मैले अगाडि लाने सोच बनाएको कुरा राख्दछु ।’’

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here