तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

39

काठमाडौं । भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली गणपती वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका-६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोशिस तामाङ समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो बसमा तास खेलिरहेको भन्ने
खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका-१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुतासतास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here