एनआईसीकाे भ्यालेनटाइन डे विशेष योजना ल्यायाे

38

काठमाडाैं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेनटाइन डेको अवसरमा एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि ‘सेलिब्रेट लभ वथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ।

यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो। माघ २८ देखि फागुन १ सम्म सञ्चालन हुनेछ।

योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्युअर पाेस कोड तथा मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २ सयसम्म क्यासब्याक उपलब्ध हुनेछ।

साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेनटाइन डे का दिन अर्थात् फागुन २ मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाइएको छ। काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरका लागि छनौट हुने ग्राहकका लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ।

यस योजनामा मोबाइल बैंकिङ एपमार्फत गर्ने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन। डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here