लुटपाट गर्ने गिरोह पक्राउ

54

काठमाडौं । अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ। केही दिनअघि हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने टोलीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिकाका ३४ वर्षीय विजय महतो, ३० वर्षीय सदाम अन्सारी, ३४ वर्षीय सन्तोष लामा,२४ वर्षीय रोशन थापा, मोजामिल मियाँ, ४२ वर्षीय नबाब हुसेन बारा घर भएका ३४ वर्षीय मुकेश पटेल र भारत विहार पूर्वी चम्पारण जिल्ला मोतीहारी रक्सौलका २४ वर्षीय ईमाम अन्सारी रहेका छन्।

उनीहरुले माघ २६ गते दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरी वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वास्थित एकान्त ठाउँमा लगी विशालकुमार पटवाको साथमा रहेको रकम लुटेको प्रहरीमा जानकारी आएको थियो।

पटवाको साथमा भएको ६ लाख ५० हजार रूपैयाँ डकैती भएको सुचना पाएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षकको कमान्डमा भएको टोलीले पीडित विशालकुमार पटवालाई उद्धार गरेर ल्याएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै पक्राउ परेकाहरूको साथबाट पेस्तोल एक थान, गोली र चार लाख ९५ हजार रुपैयाँसमेत बरामद गरेको छ। उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं सङ्गठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here