प्रगति राईकाे उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण

47

काठमाडाैं । लेखक प्रगति राईकाे उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण भएको छ। शनिबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति राईले संयुक्तरूपमा उपन्यासकाे लाेकार्पण गरेका हुन्।

लोकार्पण समारोहमा उपन्यास ‘थाङ्ग्रा’ को बारेमा अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो। अन्तरक्रियामा सहभागी वक्ताहरू प्राज्ञ मुनाराज सेर्मा, जेवी विश्वकर्मा, कैलाश राई र लेखक प्रगति राईले ‘थाङ्ग्रा’ उपन्यासको बारेमा विशेष चर्चा गरेका थिए।

‘थाङ्ग्रा’ मा उत्पीडन वर्ग, वंश अधिकार, अन्तरजातीय विवाह, युवा र महिला, प्रेम र कलाको चित्रण गरिएको वक्ताहरुले बताएका छन्। कार्यक्रमको सहजीकरण रामगोपाल आशुतोषले गरेका थिए।

खोटाङ जिल्ला साकेला गाउँपालिकामा जन्मिएकी लेखक राईका यसअघि २०६२ सालमा ‘वादी विज्ञप्ति’ कविता संग्रह, २०६९ सालमा ‘लेखककी स्वास्नी’ उपन्यास र २०७४ मा ‘बिर्सिएको मृत्यु’ प्रकाशित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here