सोनिया गान्धी अस्पताल भर्ना

29

नयाँ दिल्ली । भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । उनलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।

डाक्टरहरूका अनुसार उनलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालले जारी गरेको रिपोर्टमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ताका अनुसार गान्धीलाई बिहीबार भर्ना गरिएको थियो । अस्पतालका अध्यक्ष डीएम राणाले उनी डा. अरुप वासुको निगरानीमा अस्पताल भर्ना भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here