सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने

37

काठमाडाैं । ‘विदेशमा रहनु भएका सबै दिदीबहिनी दाजुभाइहरू सामाजिक सुरक्षामा जोड्न र देशसँग जोड्न राज्य यहाँहरूसँगै छ भन्ने भावना दिलाउन पाएकोमा खुसी छु । अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षाको व्यवस्था गर्ने सोचिएको छ’ प्रचण्डले भने, ‘ यसको कार्यान्वयनमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु ।

सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजना समेत अघि सारेको प्रचण्डले बताए । ‘अहिले परिस्थितिवश, बाध्यतावश बिदेसिनु परे पनि ती सबै नेपालीहरूप्रति उत्तिकै माया र सद्भाव छ । जहाँ रहे पनि नेपालको अर्थतन्त्रलाई योगदान पुर्‍याउनु भएको छ । देशको विकासमा योगदान पुर्‍याउनु भएको छ’ प्रचण्डले भने, ‘हामीलाई विभिन्न माध्यमबाट झकझकाउनु भएको छ । बेलाबेला खबरदारी गर्नु भएको छ ।’

योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here