साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट

88

आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबा भइरहेको छ । आज चाँदी तोलाको मूल्य तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here