सेयर बजारमा ९२ अंकको छलाङ

23

काठमाडौं । बुधबार सेयर बजारले ९२ अंकको छलाङ मारेको छ । कारोबार सुरु भएदेखि नै बढेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशत अर्थात ९२.२ अंक बढेर १९६३ अंकमा पुगेको हो ।

परिसूचक मात्रै नभई कारोबार रकम समेत बढेको छ । यसअघि आजै बैंकर्स संघले वैशाखदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा दोब्बर भएको छ । कुल १ अर्ब ९७ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यसअघि हिजो ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सबै २१८ कम्पनीको सेयर मूल्य बढेको छ । सबै उपसमूहका सूचक बढेका छन् ।

बैंकिङ ६६, विकास बैंक १९७, फाइनान्स १०८, होटल तथा पर्यटन ११८, जलविद्युत् १२०, जीवन बीमा ४४२, उत्पादन २१८, माइक्रोफाइनान्स १७२, निर्जीवन बीमा ३४३, अन्य ४७ र ब्यापार उपसमूह ८४ अंक बढे । आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिन्चोक दर्शन र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रो, सबैको लघुवित्त, सयपत्री हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जानाकी फाइनान्स, रिभरफल्स पावर, आशा लघुवित्त, युनियन हाइड्रोपावर र विजय लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नबिल बैंक, अपी पावर क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here