भुसालले कामको खोजीमा आएका दुई महिलालाई २०७९ मंसिरदेखि चैतसम्म विभिन्न प्रलोभन र डर–त्रास देखाई होटेलमा आएका पाहुनासँग रात बिताउन बाध्य पारेको उजुरीका आधारमा पक्राउ गरेको उनले जानकारी दिए ।
भुसालले पाहुनासँग रकम लिएर महिलाहरूलाई निश्चित रकम दिने गरेको र इच्छा नहुँदा पनि डर–त्रास देखाएर जर्बजस्ती गलत काम गर्न बाध्य पारेको भनी वडा प्रहरी कार्यालय लमहीमा जाहेरी परेको थियो । भुसालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भरहेको डीएसपी गौतमले बताए ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका लमहीका होटल सञ्चालक नुमराज भुसाल ।













