सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी पुगेको छैन : मेयर बालेन

36

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सम्भावित भवितव्य र प्राकृतिक प्रकोपबाट बच्न तयारी नै नपुगेको बताएका छन्।

महाभूकम्पको आठ वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले सार्वजनिक ठाउँ खुला राख्ने विषयमा गम्भीर बन्नुपर्ने बताएका छन्।

‘दुर्घटनाहरू सोचेर बस्ने, तर्सिने होइन, सुध्रिने र तयारी गर्नु पर्ने हो। अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने हो। सार्वजनिक ठाउँहरू खुला राख्नु पर्ने हो । ताकि भोलि हुन सक्ने अफ्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस्’, उनले भनेका छन्।

आठ वर्षअघिको भूकम्प सबैले बिर्सिसकेको भन्दै उनले सम्भावित प्राकृतिक प्रकोपको बारेमा तयारी गर्नुपर्ने बताएका छन्। उनले व्यवस्थित काठमाडौ बनाउनका लागि सबैको सहकार्य, समन्वय आवश्यक रहेको बताएका छन्।

हेर्नुहोस् बालेनको स्टाटस–

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here