गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

27

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो । उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनुभयो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here