आफ्नै दिदीको हत्या गरेको अभियोगमा युवक पक्राउ

29

दोलखा । आफ्नै दिदीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विगत १ वर्ष देखि माईतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किरातिछाँप र जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here