बूढानीलकण्ठमा आमिर खान विपश्यना ध्यानरत

33

काठमाडौं । पछिल्ला फिल्म व्यावसायिक रूपमा असफल भएपछि तनाव झेलिरहेका बलिउड अभिनेता आमिर खान बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा छन् ।

‘रिफ्रेस’ हुन आइतबार काठमाडौं आएका उनी सोही दिन बेलुकाबाटै केन्द्रमा ध्यानरत छन् । केन्द्र स्रोतका अनुसार आमिरले भारतबाटै १० दिनको विपश्यना कोर्ष बुकिङ गरेका हुन् ।

उनको ध्यान आगामी मंगलबार मात्र सकिने जनाइएको छ । १० दिनसम्म उनले विपश्यनाको नियम पालना गर्नेछन् । विपश्यना बस्दा हरेक दिन बिहान ४ः३० बजेबाट बेलुका ९ जबेसम्म आमिरको ध्यान समय हुनेछ । बेलुका ९ बजे एक छाक फलाहारपछि उनी सुत्ने छन् । यस अवधिभर उनी मौन बस्ने जनाइएको छ ।

विपश्यना केन्द्रले आमिरको सुरक्षामा विशेष ध्यान दिएको छ । उनी त्यहाँ साधारण नगरिकको हैसियतमा आएका हुन् । आमिरले सामान्य नागरिकसरह ध्यान तथा विपश्यना सम्पन्न गर्ने छन् । विपश्यनाबाट चिन्तामुक्त होइने विश्वास छ ।

विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत कुरा गर्न नपाइने भएकाले मुम्बईको ‘हाईप्रोफाइल’ जीवनबाट टाढा छन्, आमिर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here