देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

67
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार १६७ नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे अवधिमा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ९ जना, आईसीयूमा एक जना र एक संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here