जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट

23

विजुवार । प्युठानको स्वर्गद्वारी नगरपालिका –२ धनवाङमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन्।

आज राति स्थानीय प्रगतिशील सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा १० घर र १० गोठ जलेर नष्ट हुनुका साथै दुई जना व्यक्ति घाइते भएको वडा अध्यक्ष बुद्धिराम पुनले जानकारी दिनुभयो ।

आगोलागि हुँदा घरमै सुतिरहेका स्थानीयवासी ७६ वर्षीय दूरबहादुर कामी र ६३ वर्षीय पिमा परियार घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट घर तथा गोठ जलेर ठुलो क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। यस्तै, ठुलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीसहितको सरकारी अधिकारीको टोली घटनास्थल पुगेर उद्धारको काम गरेको छ भने जिल्लास्तरबाट राहत पुर्‍याउने तयारी समेत भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here