भारतमा उद्घाटन नहुँदै संसद भवन विवादमा तानिए

23

एजेन्सी । भारतले नयाँ संसद भवन बनाएको छ। निर्माण सुरू भएको तीन वर्षमै चार तले भवन तयार भएको हो। यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन्। भवन त्रिकोणात्मक आकारमा बनेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ संसद भवन बनाउन ९७० करोड भारू खर्च भएको बताइएको छ।  संसद भवनको आउने आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको छ।

उद्घाटनका विषयमा भने विवाद सुरू भएको छ। भारतीय राष्ट्रिय कंग्रेस, आम आद्‍मी पार्टी, तृणमूल कंग्रेसलगायत १९ वटा विपक्षी दलले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्घाटन समारोह बहिष्कार गर्ने बताएका छन्।

संसद भवन उद्घाटन राष्ट्रपतिले गर्नुपर्नेमा प्रधानमन्त्री मोदी आफैंले गर्न लागेका राष्ट्रपतिमाथि अपमान गरिएको भन्दै उनीहरूले उद्घाटन समारोह बहिष्कार गर्ने बताएका हुन्।

विवाद हुनुको अर्को कारण उद्घाटनको दिन पनि हो। संसद भवन उद्घाटन गर्ने भनिएको मे २८ तारिख हिन्दुत्व विचारक भिडी सवारकरको जन्मदिन हो। सत्तारूढ भाजपाले उनलाई नायकका रूपमा सम्मान गर्छ भने अरू दलहरूले उनलाई विभाजकका रूपमा हेर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here