एनआईसी एशियाले भिडियोबाट केवाईसी अद्यावधिक गर्न सकिने सेवा ल्यायाे

64

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यस अघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो । Tata Folliderm Sapce rent घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइट nicasiabank.com मा रहेको एप्लाई नाउमा ट्याब गरी भीकेवाईसीबाट उल्लेखित सेवाहरूमध्ये ग्राहकहरूले इच्छाएको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सक्नेछन् र ग्राहक महानुभावले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहक महानुभावलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

परिवर्तित समयअनुरूप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here