आकर्षक सुविधा सहित एनआईसी एशिया बैंकले क्यूआर मर्चेन्ट एभिएसन योजना ल्यायाे

51

काठमाडौँ ।  एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यूआर मर्चेन्ट एभिएसन योजना सार्वजनिक गरेको छ ।

डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पु¥याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ ।  उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुने बैंकले जनाएको छ । देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिति जनाइसकेको बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको जनाइएको छ ।
यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट रु. २ हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इन्डस्ट्रिजको तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, हार्ड रक केफको तर्फबाट १० वटा भौचर प्राप्त हुनेछ ।

यस्तै बिग डिजिटलको तर्फबाट एक–एक थान राइस कुकर, ब्रेकफास्ट मेकर तथा ह्याण्ड ब्लेन्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्सर ग्रिनर, इन्डक्स कुकर तथा ड्राइ आइरनको व्यवस्था गरिएको छ ।

साथै, ट्रेनक्युलिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान समेत बैंकले गर्नेछ ।
 यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजना अनुसार यस बैंकले राखेको फोन पे क्युआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यूआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी रु. २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रु. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकको क्यूआर मर्चेन्ट बन्न चाहने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइट भित्र अप्लाइ नाउ आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये बी अ मर्चेन्टबाट अनलाईन आवेदन दिन सक्नेछन् ।  मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here