कक्षा एकदेखिआठसम्म स्थानीय पाठ्यक्रम लागु

40

तम्घास। मालिका गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक)वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।

गाउँपालिकाले तयार गरेको स्थानीय पाठयक्रममा स्थानीय भेषभुषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातताति अनुसारको भाषा भाषीहरु, जडिबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सीपसँगै जीविकोपार्जन र  दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक, भरपाई लेखन जस्ता विषयवस्तुहरुलाई समेटिएर पाठयक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देबिराम अर्यालले जानकारी दिनुभयो।

वर्तमान समयमा अध्ययन गर्ने विद्यार्थीहरुले स्थानीय रुपमा प्रचलनमा रहेका भेषभुषा, भाषाभाषीहरु र बस्तुहरु समेत चिन्न र जान्न छाडिसकेकाले स्थानीय पाठ्यक्रम निर्माण गरिएको प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो ।

पाठयक्रम र पाठ्यपुस्तक बीचको तालमेल मिलाई पाठ्यक्रम अनुसारको पाठयपुस्तकमा भूगोल, क्षेत्र, पर्यटकीय स्थल र परम्पराहरुलाई सहज र सरल रुपमा अध्ययन गर्नसक्ने गरी निर्माण गरिएको शिक्षा शाखाले जनाएको छ । सोही कार्यक्रममा पाठ्यपुस्तक लेखनमा योगदान गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

धुर्कोट गाउँपालिकाले २०७७ सालदेखि नै कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको बताउँदै लुम्बिनी प्रदेशमै आफू स्थानीय पाठ्यक्रम लागु गर्नेमा पहिलो भएको दाबी गर्नुभयो।

हालसम्म आफूले पाँच वटा स्थानीय तहहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने बारेमा अनुभव आदान प्रदान गरेको भन्दै स्थानीय पाठ्यक्रमले स्थानीय स्तरका विषयवस्तुलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मालिका गाउँपालिकाभित्र ५३ वटा सामुदायिक  ७ वटा निजी सहित ६० वटा बिद्यालयहरु रहेका छन् । जुन विद्यालयहरुमा सात हजार विद्यार्थाीहरुले अध्ययन गर्ने गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here