पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

48

काठमाडौं । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बेलुका ९ः०५ बजे तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्।गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन्। उनी सामान्य घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।

त्यसवरपर वस्ती नै नभएको एसपी ढुंगेल बताउँछन्। उनका अनुसार पहिरोले पुरेको घर कच्ची हो। ‘टहरा हो, भिरालो ठाउँमा बनेको रहेछ। रातको समय भएकाले पहिरोको भेउपनि नपाएको हुनसक्छ,’ उनले भने।

मृतक बाबुछोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको एसपी ढुंगेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here