ग्लोबल आईएमईले थप नयाँ सुविधा ल्यायाे

22

काठमाडौं । ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत हुने भुक्तानीको अब स्मार्ट अडियो डिभाइसबाट तत्कालै भ्वाइस म्यासेज प्राप्त हुने भएको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार यो योजनासँगै ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टि एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भ्वाइस म्यासेजबाट प्रदान हुनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने बैंकको भनाइ छ ।

‘यसबाट मर्चेन्ट/व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको म्यासेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘व्यापारीलाई भुक्तानीको पुष्टिमा पनि सहयोग हुन्छ ।’ बैंकका देशभर ३५९ शाखा कार्यालय, ३६७ एटीएम संचालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here