दुर्घटनामा दुई महिला घाइते

19

सैनामैना । रुपन्देहीको सैनामैना–५ बुद्धनगरमा आज (बुधार) साँझ सवारी दुर्घटना हुँदा २ महिला घाइते भएका छन् । घाइते हुनेमा बुटवल उप–महानगरपालिका–१० की २६ वर्षीया रक्षा सेन र तिलोत्तमा नगरपालिका–४ कि ४० वर्षीया सुमित्रा सेन घाइते भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक अनिल पण्डितले बताए ।

प्रहरीका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ७३७९ नम्बरको माइक्रो बसले सोही दिशातर्फ आउँदै गरेको लु ५६ च १४२० को स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट स्कुटर चालक रक्षा मध्यम घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ भने पछाडि सवार सुमित्रा गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको छ ।

माईक्रो बस र चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here