कथानक चलचित्र ‘मायावी’ मा अभिनेता सुशिल सिटौला अनुबन्धित

20

काठमाडाैं । नेपाली कथानक चलचित्र ‘मायावी’ मा अभिनेता सुशिल सिटौला अनुबन्धित भएकाे छ ।

दिवाकर भट्टराईकाे निर्देशन बन्न लागेकाले आज  निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सुशिललाई अनुबन्ध गराएको जानकारी गराएका हुन् ।

सुशिलले यसअघि अभिनय गरेका फिल्म ‘होस्टेल रिटर्न्स, गाँजा बाजा, रणवीर, जुलेबी, ऐंचो पैंचो’ बाट आफ्नो कामको प्रशंसा पाएका थिए।

‘मायावी’ मा यसअघि अभिनेत्री दीपिका प्रसाईं र पल शाह अनुबन्धित भइसकेका छन्। कथानक चलचित्रकाे कथा निर्देशक भट्टराईले लेखेका हुन्। चलचित्रका अन्य कलाकार र प्राविधिकबारे केही समयपछि जानकारी दिनेछ ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। साे चलचित्र असोज २ गतेदेखि छायांकनमा जानेछ। फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए।

दिवाकरले यसअघि ‘मेरो जीवन साथी, स्टुपिड मन, ड्रिम्स, ऐश्वर्य र क्याप्टेन’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here