कर्णालीका संस्कृति र सम्पदाका चित्र बनाउन थाले

24

 

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका खाली भित्तामा कर्णालीका संस्कृति र सम्पदाका चित्र बनाउन थालिएको छ । नेपाल कमर्सियल आर्टिस्ट सङ्घमा आबद्ध सुर्खेतका कलाकारले । ‘संस्कृति र सम्पदाको सहर, हाम्रो वीरेन्द्रनगर’ नारासहित यो अभियान थालेका हुन् ।

नेपाल कमर्सियल आर्टिस्ट सङ्घका केन्द्रीय सदस्य सुभाषकुमार शाक्यका अनुसार नेता चोकस्थित भित्तामा काँक्रेविहार र लाखेको चित्र कोरिएको छ । यो अभियान कर्णाली प्रदेशभर सञ्चालन गरिने छ । लोप हुन थालेका संस्कृति र सम्पदालाई चित्रका माध्यमबाट जोगाउन र संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न यो अभियान थालिएको हो ।

उहाँका अनुसार रारा ताल, सेफोक्सुन्डो, कुभिण्डे दह, पञ्चकोशी, पचालझरनालगायत कर्णालीका पर्यटकीय स्थलको भुदृश्य चित्र बनाइने छ । फोहोर र खाली रहेको सडक पर्खालका भित्तामा सम्पदा र संस्कृतिका चित्र बनाएर सहरलाई सुन्दर बनाउनसमेत सहयोग पुग्ने विश्वास उहाँको छ । अभियानमा स्थानीय तह, पर्यटन मन्त्रालयजस्ता पर्यटन र संस्कृति संरक्षणमा सक्रिय संस्थाले सहयोग गर्न सक्ने छन् । कमर्सियल आर्टिस्ट सङ्घका सचिव सुरज लाम्गादेले सम्पदा चित्र अभियानले नयाँ पुस्तालाई सम्पदा पहिचान र संरक्षणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here