अनमोल केसीले एडभान्समा लिएको १० लाख रकम गरे फिर्ता

41

काठमाडौं ।  अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का लागि लिएको एडभान्स रकम फिर्ता गरेका छन्।

चलचित्रकी निमात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर केसीले रकम फिर्ता गरेका हुन्।

एडभान्स लिएर काम नगरेर ठगी गरेको भन्दै कटुवालको जाहेरीपछि अभिनेता केसी पक्राउ परेका थिए। शुक्रबार पक्राउ परेका उनी आइतबार बेलुका हाजिरी जमानीमा रिहा भएका थिए।

उनले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा निर्मात्री कटुवालको नाममा चेक काटेर बुझाएका छन्। भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ परेका केसी सोही दिन अस्पताल भर्ना भएका थिए।

आइतबार जिल्ला अदालतले तीन दिनको म्याद थप गर्दै उक्त म्याद शुक्रबारदेखि आइतबारसम्मको मिलान गरेर हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here