ब्राजिल घरेलु मैदाममै भेनेजुएलासँग १–१ को बराबरी खेल्याे

44

काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा अग्रता जोगाउन नसक्दा ब्राजिल घरेलु मैदाममै भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको छ ।

शुक्रबार एरेना पान्टानलमा भएको खेलमा ग्याब्रियल मागालहाइसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा नेइमारको पासलाई मागालहाइसले पोस्टको दिशा दिएका थिए । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य बन्यो । ८५औँ मिनेटमा एडर्ड बेलोले गोल गर्दै भेनेजुएलालाई खेलम फर्काएका थिए ।

बराबरीपछि ब्राजिल तीन खेलबाट सात अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट चार अंकको भेनेजुएला छैटौँ स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार नै भएका अरू खेलमा उरुग्वे र कोलम्बिया २–२ को बराबरीमा रोकिए । इक्वेडरले बोलिभियालाई २–१ ले हरायो । चिलीले पेरुमाथि २–० को जित निकाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here