न्याम्समा विभिन्न पदमा दरबन्दी थप

25

न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतका अनुसार नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन, प्लम्बरलगायतका जनशक्ति थप गरेको छ। उहाँले बैठकले नाक, कान, घाँटीतर्फ स्पिच थेरापीका लागि एक जना अडियोलोजिस्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याब टेक्निसियन पाँचौँ तहमा पाँच जना पदपूर्तिका लागि दरबन्दी स्वीकृत गरेको जानकारी दिनुभयो।

उहाँले फार्मेसीका लागि फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार जना, प्लम्बर छ जना, चालक तथा सहायकसहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ। यसै गरी बैठकले तीन जना नयाँ सिनेट सदस्य थपेको छ । उहाँका अनुसार तीन जनालाई प्राज्ञिक परिषद्मा नियुक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here