काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए ।
गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु-१९ पुरुष सीडब्लुसी एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग- २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।