राष्ट्रिय युवा संघको बाग्मती प्रदेश इन्चार्जमा चौलागाईं चयन

38

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जमा महेश चौलागाईं चयन भएका छन् ।

युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै बाग्मती प्रदेशको इन्चार्जमा चौलागाईं चुनिएको जानकारी दिएका हुन् ।

इन्चार्जमा चुनिएका चौलागाईं लामो समयदेखि विद्यार्थी एवम् युवा राजनीतिमा सक्रिय छन् ।

चालागाईं यसअघि युवा संघको बागमती प्रदेश संयोजक थिए । उनले अन्तर जिल्ला विशेष प्रदेश संयोजकको भूमिका पनि कुशलापूर्वक निर्वाह गरिसकेका छन् ।
प्रदेशको सहइन्चार्जमा भने राजु लुम्बन्जार र सज्जन लामा चुनिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here