भूमण्डलीकरणको बहुआयामिक दबाबमा : प्रधानमन्त्री

45

बर्दिवास । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन्।

आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौं शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा ‍परेको बताए।

उनले आधारभूत तहदेखि नै पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको बताए।

‘हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ’, उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here