“आइएमई पे” ” ‘भिजा पार्टनरसिप’ ” अवार्डबाट सम्मानित

48

काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” ” ‘भिजा पार्टनरसिप’ ” अवार्डबाट सम्मानित भएको छ ।

काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  IME Pay लाई  एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र  भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।

आइएमई पे ले हाल भिजासंगको सहकार्यमा भर्चुअल तथा फिजिकल  कार्ड  प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ र आगामी दिनमा पनि भिजासंगको सहकार्यमा बिभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने जानकारी आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here