१० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी

54

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको जनाएका छन् ।

रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको जनाएका हुन् ।

‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको छ’, उनले भने ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर प्रधानमन्त्री रामेछाप पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here