१ लाख ७३ हजार ५५५ जनाले लिए श्रम स्वीकृति

17

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति राष्ट्र बैङ्कले जनाएको छ । पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कले यस अवधिमा १ लाख ७३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको जनाएको हो ।

गत आर्थिक वर्षको यही अवधिमा २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । जुन, यो वर्षको समीक्षा अवधिको तुलनामा ६३ हजारले न्यून हो ।

यस्तै, यस अवधिमा १ लाख ४ हजार ३७ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैङ्कले जनाएको छ । गत वर्षको समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख १५ हजारभन्दा धेरै थियो । यो वर्ष पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा समेत गिरावट आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here