एसियन कपमा भारत अष्ट्रेलियासँग पराजित

30

काठमाडौं । एएफसी एसियन कप फुटबलमा अष्ट्रेलियाले भारतलाई हराएको छ ।

शनिबार कतारमा अष्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा अष्ट्रेलियालाई गोल रहित बराबरीमा रोक्न सफल भारत दोस्रो हाफमा भने सम्हालिन सकेन ।

खेलको ५० औं मिनेटमा जेक्सन इरविनको गोलमा अष्ट्रेलियाले खेलमा अग्रता बनाएको थियो ।

जोर्डन बोसले ७३ औं मिनेटमा भारतको कमजोर डिफेन्सको फाइदा उठाउँदै अष्ट्रेलियाको जित सुनिश्चित गरेका थिए ।

समूह बीको पहिलो खेलमा अष्ट्रेलियाले तीन अंक जोडेको छ । भारतले हार सहित एसियन कपको सुरुवात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here