मुटु राेगसित लडिरहेका पत्रकार तुलाधरको निधन

33

काठमाडौं ।  थापाथलीस्थित नर्भिक अस्पतालमा लेखक तथा पत्रकार कमलरत्न तुलाधरको शनिबार निधन भएको छ ।

तुलाधर कान्तिपुर दैनिकको सहप्रकाशन ‘द काठमाडौं पोष्ट’ का पूर्व डेस्क सम्पादक समेत हुन् ।

उनी लामो समयदेखि मुटुको समस्याबाट ग्रुजिँदै आएका थिए । शनिबार एक्कासी समस्या देखिएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जेठा दाजु अमृत रत्न तुलाधरले जानकारी दिए । उनको शनिबारै अन्त्येष्टि गरिएको छ ।

उनी प्रसिद्ध लेखक पनि हुन् । उनले ‘क्याराभान टु ल्हासा’ पुस्तक लेखेका छन् ।

जसमा सन् १९२० देखि १९६० को दशकसम्म नेवारी समुदायले काठमाडौं उपत्यकाका नेवारी व्यापारीहरुले तिब्बतको ल्हासासँग गरेको व्यापार र व्यवसायको बारेमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here