जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत

9

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब जावलाखेल युथको अध्यक्षमा महेन्द्र क्षेत्री सर्वसम्मत चुनिएका छन् ।

मंगलबार जावलाखेलका भएको साधारणसभा तथा कार्यसमितिको निर्वाचबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय सदस्यसमेत रहेका क्षेत्री सर्वसम्मत दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।

चौध सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा राजु बोगटी, उज्वल कर्माचार्य र महेशचन्द्र महत छन् । महासचिवमा कविर बस्नेत, सचिवमा राजकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा विष्णुराज खड्का सर्वसम्मत भए ।

यसैगरी, सात सदस्यमा प्रदीप तण्डुकार, विकास कार्की, रवि खड्का, सानुभाइ थापा क्षेत्री, निरज खड्का, दीपक थापा र सुनिल केसी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here