जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

13

मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here