बसको ठक्करबाट मृत्यु ‍‍‍‍‍‍‍‍‍‍‍‍‍

15

बारा । सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोल बस्ने मुना साहकी छोरी २ वर्षीया अंतिमा कुमारी साहको बुधबार बिहान मृत्यु भएको छ ।

बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडीको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रमममा मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here