आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

25

काठमाडौं आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं महानगरपालिका-२२ प्युखास्थित बुदसिद्धी बहुउद्देश्य सहकारी संस्थामा तार सर्ट भई आइतबार बिहान आगलागी भएको छ ।

आगलागीबाट सहकारीमा रहेको एसि २ थान, कम्प्युटर १ थान, इन्भर्टर ब्याट्री २ थान, पैसा गन्ने मेसिन १ थान लगायतका सामान जलेर क्षति भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन् । सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ सारे बस्ने बम बहादुर राईको घरमा आइतबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here