३० मिनेट पकाएर मात्र बंगुरलाई खाना खुवाउन सुझाव

12

काठमाडौं । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् ।

तीन चार दिनको बासी खाना खुवाउनले बंगुरमा सो रोगको जोखिम बढी हुने भएकोले नखुवाउन विज्ञहरुले आग्रह गरेका हुन् । त्यस्ता खानाखुवाउनै परेमा ३० मिनेट पकाएर मात्रै खुवाउन केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सा डा. बरुण कुमार शर्माले जनाए। ‘फालेको खाना बंगुरलाई खुवाउन परेमा ३० मिनेट पकाउने,’ उनले भने, ‘सेलाएपछि खुवाएमा अफ्रिकन स्वाइन फिभर जोखिम कम हुन सक्छ ।’

यस्तै, फालेको खानमा भाइरसको जोखिम बढी हुने भएकाले त्यस्तो खाना बंगुर तथा बाँदेललाई नखुवाउन पशु सेवा विभागले समेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here