समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने

12

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता महरले प्रस्तावहरू लेखनका क्रममा केन्द्रीय सदस्यसँग छलफल नभएको जनाए ।

‘पहिलो कुरा, पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्यसँग छलफल भएन,’ उनले भने, ‘ महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन । महासमिति बैठकमा मेरो फरक प्रस्ताव आउँछ ।’

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक प्रतिवेदन निर्माणका लागि समिति समेत नबनाएको उनको आरोप थियो ।

यस्तै महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा  इतिहासको कुरा मात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्ने बताए । ‘नीति प्रस्तावमा इतिहास आएको छ ,’ उनले भने । पुराना कुरालाई मात्र समेटेर नयाँका बारेमा सम्बोधन नगर्ने हो भने हाम्रो राजनीतिले मेल खाँदैन । त्यसमा ध्यान जाओस् । कांग्रेसले नैतिकतामा आधारित जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here