चितवनमा भाषा प्रशिक्षक तालिममा सम्मान

45

भरतपुर ।  नेवाः देय् दबू बागमती प्रदेशयको संयोजनमा नेवाः समाज भरतपुरको आयोजनामा शनिवारदेखि बागमती प्रदेश स्तरीय नेपालभाषा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।

प्रदेशका विभिन्न जिल्ला र पालिकावाट उक्त भाषा तालिममा सहभागी भएका छन् । भाषा प्रशिक्षण पवित्र कसाले दिनु भएको छ शनिवारका दिन औपचारिक रुपमा उक्त तालिमको उद्घाटन बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले गर्नु भएको थियो ।

प्रमुख अतिथि सभामुख पाठकले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू गर्नका लागि नियमावली बनाउने कार्य भइरहेको बताउनु भयो ।

कार्यक्रममा नेपालभाषा र तामाङ भापालाई बागमती प्रदेशको सरकारी कामकाजि भाषाको रुपमा लागू गर्नका लागि ऐन बनाउन जनस्तरवाट नेतृत्वदायी भूमिका निर्वाह गरेका नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनलाई सम्मान पत्र प्रदान गरेको थियो ।

नेवाः देय् दबू बागमती प्रदेशका इन्चार्ज एवं केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः देय् दबू केन्द्रका बरिष्ठ न्वकू चन्द्रलाल राजभण्डारी, मूछ्याञ्जे सत्यनारायण डंगोल लागायतले तालिम साथै नेपालभाषा र नेवाः समुदायका विषयमा बोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here