टीका विष्टले पाइन यदु स्मृति पत्रकारिता पुरस्कार

34

काठमाडौं । यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार टीका विष्टले पाएकी छिन्। यदु स्मृति प्रतिष्ठान रुकुमले २५ औं स्मृति दिवसको अवसर पारेर विष्टलाई पुरस्कृत गरेको हो।

सोमबार काठमाडौंको प्रेसिडेन्सियल बिजनेस स्कुलमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले विष्टलाई १५ हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन्। उनी यदु स्मृति पत्रकारिता पुरस्कार पाउने २२ औं पत्रकार हुन्।

पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेपछि विष्टलाई यदु स्मृति पत्रकारिता पुरस्कार गरिएको एमालेका सांसद सूर्य थापाले जनाए ।

नेकपा एमालेका तत्कालीन रुकुम जिल्ला सचिव यदु गौतमको तत्कालीन विद्रोही माओवादीले वि.सं. २०५५ सालमा हत्या गरेका थिए। यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ।

तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा  वि.सं. २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो।

उनको स्मृतिमा हरेक वर्ष फागुन २१ गते एक जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको यदु स्मृति प्रतिष्ठानकी अध्यक्ष सुजाता गौतमले बताइन्।

पुरस्कृत पत्रकार विष्टले पहिला र अहिले पत्रकारिता गर्ने शैलीमा परिवर्तन आएको जनाइन्। ‘यदु स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदा खुसी लागेको छ, लामो समयदेखि पत्रकारिता गर्दै आएकी म पहिला र अहिले पत्रकारिता गर्ने तरिका परिवर्तन भएको छ भने डिजिटल माध्यमले थप सहजता थपेको छ,’उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here