नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै

36

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ। मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि फिल्डीङ रोजेका हुन्।

जारी खेलमा हङकङले अहिले २४ रन बनाएर खेलीरहेको छ। नेपालले पहिलो विकेटका रुपमा ओपनर मार्टिन कोट्जेलाई शून्य रनमा पेभलियन फर्कायो। पहिलो बलमै करण केसीले गुल्सन झाद्वारा कोट्जेलाई आउट गरेका हुन्।

सिरिजअघि नेपाल र हङकले मैत्रिपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए। जहाँ नेपाल ७३ रनको फराकिलो अन्तरले पराजिति भएको थियो।

नेपाल, हङकङ र पपुवा न्युगिनी समिलित सिरिजमा लिगचरणमा तीनै टीमले समान १-१ खेल खेल्नेछन्।

नेपालले मंगलबार बिहान पपुवा न्युगिनिसँग खेल्ने कार्यतालिका रहेको छ। हङकङ सिरिजमा नेपालले आफ्नो नियमित टिमका महत्त्वपूर्ण ६ खेलाडीलाई टोलीमा समेटेको छैन।

यसअघि काठमाडौंमा भएको नेपाल, नेदरल्यान्ड्स र नामिबिया समिलित सिरिजमा टोलीमा रहेका स्टार खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, ललित राजवंशी र अनिल साहालाई टोलीमा नराख्दा उनीहरूको स्थानमा विनोद भण्डारी, रसिद खान, सागर ढकाल, लोकेश बम र आकाश चन्द रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here